मास्टर कार्ड कसरि बनाउने (APPLY) गर्ने ? - Bishnul

Latest

Young Bachelor Education

BANNER 728X90

25 July 2017

मास्टर कार्ड कसरि बनाउने (APPLY) गर्ने ?

आज मैले आज तपाईले घरबाटै बिना कसैको सहयोग कसरि मास्टर कार्ड अर्डर गर्न सक्नुहुनेछ भन्ने बारे केहि लेख्न गईरहेको छु | मैले पछिल्लो पोस्ट मा मास्टरकार्ड बनाउन के के चाहिन्छ भन्ने बारे जानकारी दिई सकेको छु | तपाइले पढी सक्नु भयो होला सायद | यदि तपाई संग मैले लेखेको चिज बिज  मध्ये कुनै एउटा डकुमेन्ट  अंग्रेजीमा भए  देखि  आउनुहोस तेसैको माध्यम बाट मास्टर कार्ड बनाउँ | 
gambar
सर्बप्रथम त तपाइको अंग्रेजी डकुमेन्टको स्क्यान वा प्रस्ट फोटो तयार गर्नुहोस |
त्यस पछी सबैभन्दा पहिला यहाँ जानुहोस |

त्यसपछि Sign Up & Earn $25*  वा  Sign up लेखेको ठाउमा क्लिक गर्नुहोस |

यसपछि एउटा Form (फोर्म ) खुल्नेछ |

आफ्नो सहि नाम र पुरा ठेगना लेख्नु होला नत्र पायोनियर कम्पनीले मास्टर कार्ड पठाउदा तपाइको हातमा नपर्न सक्छ | त्यसैले ठेगना लेख्ने ठाउमा पहिलो खाली ठाउमा गाउँ वा टोलको ठेगना र वाड नं सहि लेखि दोस्रो खाली ठाउमा घर नं इत्यादी लेख्नुहोला |

साथै आफ्नो सहरको नाम ,पोस्टल कोड पोस्टल कोड को लागि यहाबाट पनि जानकारी पाउन सक्नुहुन्छ र अन्तरास्ट्रिय पद्धतिअनुसार सहि फोन नं पनि दिनुहोस जस्तै +977 सहित आफ्नो दश अंकको फोन नं  9845000000 अथवा ल्याण्ड लाइन फोन पनि दिन सक्नुहुनेछ |

यदि तपाई  विदेश मा हुनुहुन्छ  भने फोर्म भर्दा  सेकुरेटी डिटेल भरिसकेपछी  नागरिकता  लाइसेन्स तथा पासपोर्टको  आइडी नं भर्ने ठाउँ  भन्दा  तल  shipping address बटन मा  क्लिक गरि  पुरा ठेगना  लेख्नु पर्नेछ। 

फर्म भर्ने प्रक्रिया पुरा गरिसके पछी तपाइले सबै Agreement terms and Condition लाई चेक(टिक लगाउने)गरेर Next गरेसी तपाइको फर्म २ कार्यदीन भित्रमा भेरिफाई गरि मेल पठाउनेछ। 

भेरिफाइड भएपछि तपाइलाई Your Payoneer Account Application Has Been Approved! भनेर इमेल आउनेछ जस पश्चात तपाईले आफ्नो पायोनियर एकाउन्ट पेजमा गई लग अँन गर्न सक्नु हुनेछ पेज लगिन गरिसकेपछि तपाईलाई View your status and activate your card  तपाइले कार्ड प्राप्त गर्ने मिति सहित उल्लेख गरेको पाउनु हुनेछ। त्यहाँ उल्लेखित मिति भन्दा १० /  १५ दिन सम्म   पनि कार्ड न आए मा पुन कार्डको लागि APPLY गर्नु पर्ने छ। 


  • अब पायोनियर कार्ड न आयमा के गर्ने |
  • कार्ड आएपछि कसरी ACTIVATE गर्ने |
  • पैसा कसरि निकाल्ने

भन्ने बारेमा अर्को  लेखमा प्रकासित गर्ने छु मेरो ब्लग हेर्दै गर्नुहोला आफ्नो अमुल्य समय दिएर ब्लग खोलिदिनु भएकोमा धेरै धेरै धन्यबाद।  यस पोस्ट प्रति सल्लाह शुझाब केहि भए मेरो इमेल ठेगना वा सम्पर्क पेज मा गएर आफ्नो बिचार राखिदिनुहोला धन्यबाद। 

No comments:

Post a Comment